बाँकेमा ३ थान हतियार सहित भारतीय नागरिक पक्राउ

डम्मर थापा मगर/

बाँके, मङ्सिर, ११-
बांकेमा तिन थान कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आज बांकेको डुडुवा गांउपालीका ६ चौधरी पुरवामा राजेन्द्र लोनियाको घरबाट ती भारतीय नागरिकलाई २ थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्ती भारत बहराइज जिल्ला रुपैंडियाका पशुराम पासी रहेको र डुडु्वाका राजेन्द्र लोनियाले पेस्तोल मगाएको प्रहरीले जनाएको छ ।

राजेन्द्र लोनियाको घरमा छापा मार्दा एक थान भरुवा बन्दुक पनि बरामद गरीएको छ । लोनिया भने फरार भएको जिल्ला प्रहरी कर्यालय बांकेका प्रमुख एसपी टेकबहादुर तामाङ्गले बताउनु भयो ।