फाल्गुनमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने

इन्द्र कार्की
/ महेन्द्रनगर ,१९,माघ       कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयले विगत ५ वर्ष देखि खुवाइदै आएको हात्तिपाइले विरुद्धको औषधि यस पटक फाल्गुनको दोस्रो साता खुवाउने भएको छ । राष्ट्रिय हात्तिपाइले निवारण कार्यक्रम अन्र्तगत राष्ट्रिय हात्तिपाइले रोग निवारण जिल्ला समन्वय समितिको वैठकले फाल्गुन १२,१३ र १४ गते का दिन औषधि खुवाउने निर्णय गरेको हो । गत विगत वर्ष देखि हात्तिपाइले रोग विरुद्ध खुवाइदै आएको औषधि यस पटक सोहिको निरन्तरता हो । यस वर्ष कञ्चनपुरका करिव पाँच लाख जनसंख्यालाई हात्तिपाइले विरुद्धको औषधि खुवाइने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकृत हेमराज जोशीले जानकारी दिनु भयो ।

    खास गरि खुट्टा सुन्निएर हात्तीको जस्तो हुने हुनाले यो रोगलाई हात्ती पाइले भनिएको हो । खुट्टा का साथै शरिरका सम्वेदनशील अंगहरुमा लाग्ने योे रोग उच्चेरिया बाङक्रोपटी Wuchereria bancrofti,नामक किटाणुको कारण लाग्ने गर्छ । जो लामखुट्टेको टोकाइ वाट एकअर्कोमा सर्ने गर्छ । हात्तिपाइले रोग लागि सके पछि पुर्ण रुपमा निको हुने उपचार नभएको त्यसैले औषधि सेवन गरि रोग लाग्ने वाट वच्नु नै उत्तम उपाय भएको स्वास्थ्यकर्मिहरु वताउछन् ।

    राष्ट्रिय हात्तिपाइले रोग निवारण जिल्ला समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा वसेको वैठकले कञ्चनपुरका औलो उच्च जोखिम रहेका क्षेत्र भीमदत्त नगर पालिका वडा नं.१८ र लालझाडी गाउँपालिका साविकको बाइसेविचवा ४,५,६ र ७ नम्वर वडामा करिव ३०,हजार जति सुपानेट झुल वितरण गर्ने निर्णय समेत गरेको छ ।