एउटै मन्त्रालयमा तीन सचिवको दरबन्दी

काठमाडौं,फागुन,२८-

सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ ।

संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरुपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ ।

तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिवव राख्ने तयारी सरकारले गरेको छ अाजको नेपाल समाचारपत्रमा खबर छ ।