पृथ्वी जयन्ती मनाउन पुगेकाहरुमाथि सिंहदरबार अगाडी प्रहरी धरपकड

फाईल तस्विर !!

काठमाडौं,पुस,२७-पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ ।

काठमाडौं, सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो ।

प्रहरी धरपकडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबरासहितका जुलुसका सहभागिहरु परेका छन् ।

दिवस मनाउन पुगेकाहरुले निकालेको र्‍यालीका सहभागिहरु भद्रकालीबाट सिंहदरबार पश्चिम गेटतर्फ अघि बढ्दा सडक पूरै छेकेपछि प्रहरीले पेटीबाट हिड्न गरेको आग्रह नमान्दा धकेलाधकेल भएको हो ।

र्‍यालीमा सहभागीले प्रहरीले ज्यादती गरेको भन्दै नाराबाजी गरेका छन् ।