काठमाण्डौं,पुष,१७-अंग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार आज देखि नयाँ वर्ष २०२२ सुरु भएको छ ।समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दै मनाइरहेका छन्।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वतको सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको मानिन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न ठाउँमा यो सम्वत् लगाएकाले अहिले यसको विश्वव्यापी प्रचार छ।
सुदूरपूर्वी मुलुक न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, उत्तर कोरियालगायतका देश हुँदै मध्य र पश्चिमी विश्वका देशहरुमा इश्वीको नयाँ वर्षलाई स्वागत गरिएको छ।
सबैभन्दा पहिले अष्ट्रेलिया र न्युजिल्याण्डले सधैँ झै यस वर्षको नयाँ नयाँ सूर्योदयलाई स्वागत गरे । संसार निन्द्रामै रहँदा यी दुई देश हुँदै सुदूर पूर्वी देशहरुले सन् २०२२ को नयाँ विहानीलाई स्वागत गरेका हुन्।
कोरोना महामारीका कारण कतिपय देशमा जमघटमा रोक लगाइएको थियो भने महामारीको त्रासका बीच बेलायत, अस्ट्रेलिया, अमेरिका, कोरिया लगायत विश्वका अधिकांश देशमा नयाँ वर्षको रंगिन स्वागत गरिएको छ ।