प्रधानमन्त्री देउवाको सुरक्षाका लागि गएको जिप दुर्घटना, ९ प्रहरी घाइते

कैलाली,असार,१४-

प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत् पर्ने कैलालीको फल्टुडेमा आज  दुर्घटनामा परेको छ ।

से १ ज १५०३ नम्बरको सो जिप सडकमै पल्टिँदा ९ प्रहरी घाइते भएकामा दुईजनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताउनुभयो ।

प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लागेको बताइएको छ । रासस