खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड

बाँके,माघ १७-बाँकेको खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड लागेको छ । बर्दियाको कर्णालीमा मात्र संचालन रहेको बोटिङग खजुरा महोत्सवमा संचालन भएपछि भिड लागेको हो । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृषि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सव २०७३ मा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन् ।

मौतका कुवा, पिङ, बोटिङग, थारु परीकार लगायत कृषि व्यापार मेलाको समेत अवलोकन गर्ने व्यवस्था मीलाएको आयोजकले जनाएको छ । दैनिक ५ सय बढि जनाले बोटिङग चढेको संचालक श्रेष्ठले बताउनुभयो । दुई वटा बोटिङग संचालनमा रहेको उक्त तालमा बोटिङग गर्नका लागि ५० रुपैया टिकट रहेको संचालक श्रेष्ठले बताउनुभयो । प्रथम खजुरा महोत्सव माघ २१ गते सम्म चल्ने आयोजकले जनाएको छ ।