आठौं राष्ट्रिय खेलकुद मैदानको अवलोकन गर्न आउँछन भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन

बाँके,चैत्र,१६-
बृहत् रुपमा वैशाख ५ देखि ११ गते सम्म नेपालगन्जमा सम्पन्न हुने आठौँ राष्ट्रिय खेलकुद स्थलको अवलोकन गर्न भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउँछन् ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको अवलोकन गर्न सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउने गरेका हुन् ।
रंगशालामा नआए खल्लो लाग्ने गरेको बताउँदै उनले दैनिक कम्तीमा दुई पटक आउने गरेको बताए । उनको दिनको अधिकाश समय रंगशालामा नै जाने गर्दछ ।

उनले नेपालगन्ज रंशालामा निर्माण भइरहेका संरचनाको अवलोकनमात्र गर्दैनन् गुणस्तरिय संरचना निर्माण गर्न निर्माण कम्पनीलाई सजग गराउँदै आएका छन् । ‘रंगशालामा नआए के–के विर्से जस्तो लाग्छ, साँझ, विहानी दिउँसो कुनै न कुनै बेला समय मिलाएर आउँछु,’ उनले भने ।

सिद्धिकी अन्तर्राष्ट्रिय पदक जितेका भारोत्तोलन खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले भारत्तोलन खेलमा ६ रजत र ९ काश्य पदक जितेका छन् । सक्रिय खेल जीवनबाट राजनीति र खेल संघमा सम्वद्ध सिद्धिकी नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एकदम धेरै उत्साहित भएको बताए ।

नेपालगञ्जमा बिभिन्न खेलकुदका संरचना निर्माण भईरहेको हेरे पूर्व खेलाडीहरु उत्साहित भएको बताए । ‘म जस्तै धेरै पूर्व खेलाडी, प्रशिक्षक, खेलप्रेमी उत्साहित भएका छौँ,’ उनले भने ।

सिद्धिकी जस्तै नेपाल स्विमङ संघका अध्यक्ष गोवद्र्धन सिंह (सम्झना) पनि हरेक दिन नेपालगन्ज रंगशालामा भेटिन्छन् । हाल फिनिसिङ्गको क्रममा रहेको स्विमङको सम्झनाले नजिकबाट निगरानी गरिरहेका हुन्छन् ।

‘नेपालगन्जमै बरमुडा घाँसको प्रयोगले झनै रंगशालालाई रमणिय बनाएको छ,’ उनले भने, ‘आठौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन नेपालगन्जबासी, पूर्व खेलाडि, व्यापारी, स्थानीय, पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ ।’
खेलप्रेमी तथा पूर्व खेलाडि सन्तोष खड्का पनि नेपालगन्ज रंगशाला पुगेर भइरहेको भौतिक निर्माणको अवलोकन गरेर फर्किने गरेका छन् ।

खेलाडि खड्कालाई बरमुडा घाँसमा नपुगी चित्त बुझ्दैन । खड्का भन्छन्, ‘हामीलाई आठौँको यति नजिक पु¥याएको छ । अब हाम्रो मिसन÷भिजन भनेको काँधमा काँध थापेर हातमा हात थापेर आठौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउने हो ।’

खजुराका युवा व्यवसायी विज्ञान कक्षपतिले नेपालगन्ज रंगशाला अवलोकन गरेपछि भने, ‘यो ऐतिहासिक अवसरलाई सफलताको मुकाममा पु¥याउन हामी सम्पूर्ण बाँकेबासी अँझ बढी एकताबद्ध भई अघि बढ्नु आवश्यक छ ।’
युवा व्यवसायी कक्षपतिले आठौँ राष्ट्रिय खेलकुद सिंगो बाँके परिवारको महोत्सव भएकोले सफल बनाउन सबै जनाले आफ्नो कर्तब्य ठानेर आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने औँल्याए ।