उडान नेपालले गर्यो नेपालगन्जमा प्रतिभा अभिमुखिकरण कार्यक्रम

नेपालगन्ज,चैत्र,१६-
सामाजिक कार्य गर्ने मुख्य उद्देश्यको साथ कोहलपुरमा स्थापना भएको उडान नेपाल संस्थाको आयोजनमा नेपालगन्जमा अबस्थित सिएस ई एजुकेसनको हलमा प्रतिभा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ।

‘युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा हाम्रो उद्देश्य’ भन्ने मुख्य उद्देश्यका साथ सन्चालन गरिएको कार्यक्रममा विभिन्न बिधाहरुलाई नेतृत्व गरि १६ जनाले आफ्नो प्रतिभा राखेका थिए।

सहभागी १६ जना मध्ये कविता प्रतियोगिता तर्फ विष्णुमाया खड्का, गजल तर्फ रमेश देवकोटा, नृत्य तर्फ स्वेता खड्का, गायन तर्फ आर्जु ज्ञवाली र भाषण तर्फ चन्द्र बहादुर खत्री प्रथम भएका थिए।

प्रथम हुनेहरुलाई उडान संस्थाका अध्यक्ष जनक थापाले मेडल सहित प्रमाणपत्रले सम्मान गरेका थिए।साथै प्रथम हुनेहरुलाई आर एस एजुकेसन र सिएस इ एजुकेसनको तर्फबाट ३ महिने आधारभुत कम्प्युटर तालिम प्रदान पनि गरिएको छ।

सन्तोष रावल , कमल देवकोटा र जनक थापा निर्णायक    रहेको उक्त कार्यक्रममा ७० जना सहभागी थिए भने उडान नेपालका सचिव तपेन्द्र मलातिले कार्यक्रम सन्चालन गरेका थिए।

उडान नेपालले यस भन्दा अगाडि महिलाको लागि निशुल्क प्याड बनाउने तालिम दिसकेको र अर्को शनिबार अर्को फरक खालको सामाजिक कार्य गर्ने अध्यक्ष थापाले बताए।