अचानक दुई देशका प्रधानमन्त्रीले दिए राजिनामा,

काठमाडौं, मंसिर २०- इटालीमा जनमत संग्रहबाट संवैधानिक सुधारको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री माटियो रेन्जीले राजिनामा दिनुभएको छ ।पत्रकार सम्मेलन मार्फत रेन्जीले जनमत संग्रहको परिणामको जिम्मेवारी लिंदै राजिनामा दिनुभएको हो ।सांढे दुई वर्ष पदमा रहेका रेन्जीको संवैधानिक सुधारअन्तर्गत माथिल्लो सदनको अधिकार कटौति गर्दै सांसद संख्या ३ सय १५ बाट घटाएर सय पु¥याइने थियो ।यसबाट मुलुकमा कानुन बनाउने गतिमा तिब्रता आउने उहाँको विश्वास थियो । तर विपक्षीहरुले भने सुधारको प्रस्ताव प्रधानमन्त्रीको थप अधिकार प्रत्यायोजन गर्नमा केन्द्रित रहेको भन्दै अभियान चलाउनुभएको थियो ।इटालीमा पछिल्ला वर्षहरुमा आर्थिक अवस्था नकारात्मक बन्दै गएको छ । सन् १९४८ यता ६० वटा सरकार परिवर्तन हुनुभएको छ ।

यता, न्यूजिल्याण्डका प्रधानमन्त्री जोन किले आश्चर्यजनक रुपमा राजिनामा घोषणा गर्नु भएको छ । आठ वर्ष पदमा रहेका किले पारिवारिक कारण राजिनामा दिएको बताइएको छ ।साप्ताहिक सम्बोधनका क्रममा प्रधानमन्त्री किले कुनै पनि कामका लागि आफ्ना सबैभन्दा नजिकहरुबाट ठूलो त्यागको आवश्यकता पर्ने भन्दै पद छाड्ने निर्णय सुनाउनुभयो ।न्यूजिल्याण्ड हेराल्डले श्रीमती ब्रोनाघको अनुरोधमा किले राजिनामा दिएको उल्लेख गरेको छ । उनले सन् २०१४ को सेप्टेम्बरमा सम्पन्न नेशनल पार्टीको चुनावमा तेस्रो कार्यकालका लागि पनि विजय हासिल गर्नुभएको थियो । एजेन्सी