पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा खड्का

काठमाडौं, मंसिर २० –कांग्रेस नेता खुमबहादुर खड्का पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा लाग्नु भएको छ ।गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन प्रमुख भूमिका खेलेका खड्का यतिखेर पार्टीका हरेक तहमा बार्गेनिङ गर्दै आफ्नो ‘स्ट्रेन्थ’ बढाउँदै लाग्नु भएको छ ।नेता खड्का अहिले हिन्दु अधिराज्यको महाभियानमा लाग्नु भएको हो ।त्यसैलाई आधार बनाएर उहाँले पार्टीका विभिन्न संरचनामा आफ्नो भाग खोज्न थाल्नु भएको खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

पार्टीको १३ औं महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्य निर्वाचित हुँदा खड्काले दोस्रो बढी मत ल्याउनु भएको थियो । कयौं वरिष्ठलाई पछि पार्दै आफनो पक्षका नेता खड्का अगाडि आएपछि उहाँले उठाउँदै आएको हिन्दूराज्यको मुद्दामा पार्टीभित्रै सकारात्मक महोल बनाएको बुझाइ खड्का पक्षधरको छ ।  सभापति देउवाले आफ्नो पक्षलाई सहयोगी मान्दै आएपछि खड्का पनि उहाँलाई चिढिन नदिने रणनीतिमा लाग्नु भएको हो  । सकेसम्म देउवालाई फकाएरै बलियो बन्ने दाउमा पनि उहाँ लाग्नु भएको छ ।