कपिलवस्तु सदरमुकाम तौलिहवा निषेधित क्षेत्र घोषित

अराज सिहं बेल्बासे
कपिलवस्तु, मंसिर २० – कपिलबस्तु प्रशासनले सदरमुकाम तौलिहवा क्षेत्रलाई आज बाट निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको जिल्ला सुरक्षा समितिको kapilbastu taulihawaबैठकले सोमबार बिहान ६ बजेदेखि लागु हुनेगरी तौलिहवा क्षेत्र लाइ निषेधित क्षेत्र घोषणा गरेको हो ।

स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकबाट पूर्वमा बाणिज्य बैंक सम्म, उत्तरमा महिता चोकसम्म, दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढीचोक हुँदै उत्तर भिक्षुचोक सम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको छ ।

संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि कपिलवस्तुका विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै आएको छ । यसले गर्दा जिल्लाको शान्ति व्यवस्थामा खलबल हुन सक्ने देखिएकाले जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बुढाथोकीले बताउनुभयो ।