बिरहीको एरेन्जमा उत्कृष्ट सालैजो गीत बजारमा

सिर्जना बर्देवा/
ओखलढुंगा,माघ,३-
चर्चित सर्जक,गायक तथा हास्यकलाकार रामु बिरहीको एरेन्जमा रमाईलो सालैजो गीत बजारमा आएको छ । निगालि गाँजैमा बोलको सालैजो गीत भर्खरै बजारमा आएको हो ।

लालु परियारको लय तथा प्रबिन खत्रि ठुलेको शव्द सिर्जना रहेको छ । यस गीतमा सादाबार गायक खड्क गर्बुजा र आश्मा छत्यालको को स्वर रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल रिना थापा र सन्तोष छत्यालको अभिनय रहेको छ ।

निर्देशक भागी गाहाको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोलाई अरुण कुमार सुनारले छायांकन गरेका छन् भने भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् । यस म्युजिक भिडियो तथा अडियोलाई साथीभाई डिजिटल म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको छ ।

(भिडीयो हेर्नुहोस् )