दुम्माका के.सी संगित क्षेत्रमा जम्दै

मधुपौडेल,

काठमाण्डौ,असार,८-

६ वर्ष देखि गायन तथा संगित सम्वन्धि तालिम लिनु भएको मित्र के.सि. संगित क्षेत्रमा आफुलाई उभ्याउने जमर्को गर्दै अगाडि बढेको देखिन्छ । एक दर्जन भन्दा बढि गितमा आफ्नो स्वर भर्नु भएका केसिले करिव दुई दर्जन गितमा शब्द तथा संगित दिई सक्नु भएको छ ।

दुम्मा ५ भोजपुर घर भई हाल काठमाण्डौ इमाडोलमा बस्दै आउनु भएका गायक ,संगितकार तथा गीतकार केसीले भविष्यमा राम्रा सिर्जना लिएर आउने विहानी अनलाईलाई बताउनु भएको छ ।

दुई पटक राष्ट्रिय पुरष्कार बाट सम्मानित भैसकेका केसीले सबैलाई आफ्नो सृजनाबाट नेपाल तथा नेपालीको पहिचानका लागि अगाडि आफ्ना पाइला संगितको मार्फतबाट बढाउने बताउनु भएको छ । केसीले विभिन्न गितहरुमा मोडलको भुमिका पनि निभाई सक्नु भएको छ ।

उहाँको मोडल तथा सृजनामा नेपालीपनको झल्को पाउने भएको ले केसीद्धारा सृजना गरीएका गित तथा संगित नेपाली संगितको दुनियामा अध्याधिक माग हुने गरेको बताइएको छ । केसिले काठमाडौमा रहेका विभिन्न विद्यालयहरुमा संगितको विषयमा शिक्षण गराउदै आउनु भएको छ ।