डा.कनोडिया मनिकापुर घरदैलोमा

स्थानीय हर्षित काम गर्नेलाई मात्र मत दिनेःस्थानीय

बाँके,असार,८ –
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर क्षेत्रका स्थानियहरुले कुरा भन्दा काम गर्ने उम्मेदवालाई भोट दिने बताएका छन् । नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने नयाँबस्ती, थपुवा र मनिकापुरका बासीन्दाले सपना ठूला देखाउने तर पूरा नगर्नेलाई भन्दा काम गरेर देखाउने व्यक्तिलाइ मतदान गर्ने बताएका हुन् ।

समस्या सुन्न र मतदानको अपील गर्न घरदैलो पुगेका काँगे्रसका मेयरका उम्मेदवार डा. सुरेश कुमार कानोडिया र उपमेयर उमा थापामगरलाइ उनीहरुले समस्याहरु मात्र सुनाएनन्, पुरा गर्न आग्रह पनि गरे । घरदैलोमा मेयर उपमेयरका उम्मेदवार पुग्दा स्थानियहरु हर्षित भएका थिए ।

रोपाईमा व्यस्त भएकाहरु समेत काँग्रेस उम्मेदवारहरुलाइ आफूहरु काम गर्ने व्यक्तिको पक्षमा भएको भन्दै जितका लागि अग्रिम शुभकामना समेत दिएका थिए । दुइ गाउँ जोड्ने थपुवाको खोलामा पुल नहुँदा आउजाउमा समस्या हुने गरेको उनीहरुको पुनासो थियो ।

शिक्षा , स्वास्थ्य , रोगजार , यातायात बाटो लगायतका समस्याहरुबारे आफू अवगत रहेको भन्दै मेयर पदका उम्मेदवार डा. कानाडियाले आफूले मेयरमा जितीसकेपछि मेयरका रुपमा पाइने तलव नलिने उद्घोष गरिसकेकाले उक्त तलबवलाई सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

म जे बोल्छु त्यो गर्छु डा.कानोडियाले भन्नुभयो, मलाइ अरु दलका नेता जस्तो भाषण गर्न आउँँदैन, झुटा आश्वासन पनि बाड्न आउँदैन, म काम गर्ने मान्छे, मलाइ काम गर्ने अवसर दिनु काम गरे देखाउँछु ।

घरदैलो कार्यक्रममा वडा नम्बर २० का वडाध्यक्षका उम्ममेदवार नाथे कुर्मी, सदस्यहरु नविन रेग्मी ,रामबरण यादव ,महिला सदस्य मीना सिद्धिकी र दलित महिला जिरा सार्की, तरुण दल सहितको सहभागीता रहेको थियो ।