एमालेका सय कार्यकर्ता कांग्रेसमा प्रबेश

काँग्रेसमा जनलहर बढ्यो : दिनहुँ जसो सयौंको संङख्यामा नेता,कार्यकर्ता कांग्रेसमा आउनेक्रम जारी

नेपालगञ्ज, असार,८-
बाँकेमा अन्य दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गर्ने क्रम तीब्र भएको छ । दिनहुँ जसो अन्य दलका सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरिरहेका छन् ।

यसले कांग्रेसी शुभचिन्तकहरुलाई हौसाएको छ । यसै क्रममा आज पनि नेकपा एमालेका सय जना नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेपुरमा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल टिटिहिरियाका अध्यक्ष विमलसिंह ठकुरीको नेतृत्वमा सय जना कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस बाँकेका सचिव कपिलदेब शर्माले जानकारी दिनुभयो ।

उनीहरुलाई बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार देवबहादुर खत्री र उपाध्यक्ष उम्मेदवार भावना चौधरीले पार्टी प्रबेश गराउनुभएको हो ।

यसरी प्रवेश गर्छन कार्यकर्ता काँग्रेसमा फोटो फिचर ।