सल्यानको ढोरचौर १ र २ नम्बर वडामा माओवादी केन्द्रको प्यानल नै विजयी

रोशन घर्ति
दाङ, जेठ,२-
सल्यानको ढोरचौरको वडा नम्बर १ र २ नम्बरमा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। ढोरचौर १ नम्बर वडाको अध्यक्षमा रामबहादुर बस्नेत विजयी हुनु भएको छ।
यस्तै उक्त वडाको सदस्यहरुमा कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी र तुलबहादुर थापा विजयी हुनु भएको छ। यस्तै, वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रकै रुद्र बुढाथोकीसहित पुरै प्यानल विजयी भएको छ। ढोरचौर वडा नम्बर २ को सदस्यमा कल्पना बुढाथोकी, अमरथी कामी, ओबिराम चलाउने र गणेशबहादुर चलाउने विजयी भएका छन्।