रसुवामा पहिरोमा परी ४ जनाको मृत्यु,११ जना सम्पर्कविहीन

प्रहरी पोष्ट र होटल पुरिए

काठमाडौं,साउन,१०-

अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् ।

पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँदा अहिलेसम्म ४ जनाकाे ज्यान गएकाे र ११ जना सम्पर्कविहिन भएको बताईएको छ ।

पहिराेमा ज्यान गुमाएका र हराइरहेकाहरूकाे पहिचना खुलेकाे छैन ।  बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने प्रजिअ पौडेलकाे अनुमान छ ।

पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रजिअ पौडेले बताउनुभयो । ‘उद्धार तथा खोजी कार्यलाई सडक अवरुद्ध हुँदा केही समस्या भएको छ’, प्रजिअ पौडेलले भन्नभयो, ‘तैपनि हामीले उद्धार तथा खोजी कार्यलाई गति दिएका छौं ।

टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ । साभार अनलाईखबरबाट