
काठमाण्डौं,बैशाख,११-नेपालमा पहिलोपटक आयोजना हुन् लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। आज उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटि एफसीको सामना गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस् रोमाञ्चक भिडन्त नेपाली समय अनुसार साँझको ५:३० बजेबाट सुरु हुनेछ। कोरोना प्रोटोकलका कारण रंगशालामा दर्शकको प्रवेश निषेध गरिएको छ। खेललाई AP1 HD च्यानल मार्फत प्रत्यक्ष रुपमा हेर्न सकिनेछ।
यस् प्रतियोगितामाको पहिलो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटि एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी गरि कुल सात फ्रेन्चाइज टिमले सहभागीता जनाउँदै छन्।
राउण्ड रोबिनको आधारमा हुने यस् प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ। लिगमा हुने सम्पूर्ण २५ खेल दशरथ रंगशालामा हुनेछ। खेलहरुमा दर्शकलाई प्रवेश अनुमती दिइनेछैन्।
प्रतियोगिताको विजेताले पुरस्कार रकम स्वरुप ३५ लाख पाउनेछ। यस्तै प्रतियोगिताको उपविजेताले भने १५ लाख पाउने आयोजक समितिले जनाएको छ।
यस्तै हरेक विधाका उत्कृष्ट खेलाडीले जनही १ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन्।
हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार (उत्कृष्ट युवा खेलाडी नेपाली हुनुपर्ने र शिर्ष डिभिजनको फुटबल नखेलेको हुनुपर्ने) र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन्।