कर्मचारीलाई राजनितिक संरक्षण गरिने कार्यको अन्त्य हुनुपर्छ : मन्त्री कार्कि

काठमाण्डौ,मंसिर,६-

मन्त्री : हिक्मत कार्कि

प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रकोपका दृष्टिले नेपाल बहुजोखिमयुक्त क्षेत्र भएकाले सम्भाबित घटनाको बारेमा पुर्ब तयारी गरिनु पर्ने बताउनु भएको छ । स्थानीय तहमा बिपद सचेतना तथा अभिमुखिकरण सम्बन्धी दुई दिवसिय तालिमको आज ओखलढुंगामा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री कार्कीले जोखिम छ भनेर प्रत्येक बर्ष एकै ठाँउमा खर्च गरिरहनु भन्दा बस्ती नै बिस्थापित गर्नुपर्ने भएपनि त्यसतर्फ लाग्नु पर्ने बताउनु भयो । पुर्ब तयारी गरियो भने बिपद बाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने मन्त्री कार्कीले बताउनु भएको हो । उहाँले पछिल्लो समयमा सडक दुर्घटना पनि डर लाग्दो समस्याको रुपमा देखा परेको र यसले अरुले भन्दा बढी धनजनको क्षति गरेको बताउनुभयो ।

“बिपद भनेको राहत भन्ने बुझाई छ, बिपद पछि राहत बाड्ने प्रकृति मात्रै छ त्यसलाई अन्त्य गरिनु पर्छ ।” उहाँले भन्नु भयो, “हाम्रो बानी तत्काललाई सोच्ने मात्रै छ, भबिष्यलाई छैन, अब भविष्यको बारेमा पनि सोचेर योजना निर्माण र कार्यान्वयन गरिनुपर्छ । “पानी परे पछि मात्रै छाता ओड्ने भन्ने नेपाली उखान जस्तै हाम्रो चलन छ”, मन्त्री कार्कीले भन्नुभयो, “बाढि पहिरो गए पछि र आगोलागि भएपछि मात्रै कसरी बच्ने भन्ने सोचाईको अन्त्य हुनुपर्छ ।”

एक फरक प्रशगंमा मन्त्री कार्कीले कर्मचारीलाई राजनीतिक संरक्षण गर्ने कार्य तुरुन्तै रोकिनु पर्ने बताउनुभयो । संघिय सरकारले पनि कर्मचारीलाई केन्द्रमा नै राख्ने र प्रदेश सरकारले चाही नयाँ नियुक्ति गर्दै जाने हो भने त्यसको आर्थिक व्ययभारलाई राज्यले धान्न नसक्ने बताउनुभयो ।

सत्ता र शक्तिमा रहने पार्टीलाई कर्मचारीहरुले आफ्नो स्वार्थ अनुकुल प्रलोभनमा पारेका कारण स्थानीय सरकारहरुको काममा बाधा आईपरेको भन्दै त्यस्ता कर्मचारीलाई राजनितिक संरक्षण गरिने कार्यको अन्त्य हुनुपर्ने बताउनु भएको हो ।

यो तालिम पश्चात विपद व्यबस्थापन सम्बन्धिको योजना तथा कार्यक्रम ओखलढुंगाबाट नै निर्माण गरि आगामी आर्थिक बर्ष देखी विपद व्यबस्थापन सम्बन्धी नयाँ योजना कार्यान्वयन ओखलढुंगा बाट नै सुरुवात गरिने पनि मन्त्री कार्कीले बताउनु भयो ।