हिसानकपको पहिलो चरणका खेलहरु सम्पन्न

नेपालगन्ज,फाल्गुन,१४-
आज बाट सुरु भएको पाँचौ हिसानकप अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन।

निजि बिद्यालयको संगठन हिसानको आयोजनामा आजबाट सुरु भएको हिसानकपका पहिलो चरणका खेलहरु अन्तर्गत मंगलबार छात्रा र छात्र तर्फ ४/४ खेल भएका हुन।जस अन्तर्गत भलिबल छात्रा तर्फ डाइनामिक र युनाइटेडबिच भएको खेलमा डाइनामिक मावी विजयी भएको छ।

त्यस्तै मोडर्न र आदर्शबिच भएको छात्रा तर्फको खेलमा मोडर्न , गोर्खा र होलिल्याण्डबिचको खेलमा गोर्खा र जिभिएन र जनज्योतिबिचको खेलमा जनज्योति विजयी भएका छन।

हिसानका प्रमुख सल्लाहकार सुमन गौतमका अनुसार छात्र तर्फको भलिबल खेल अन्तर्गत ४ खेल भएका थिए। जस अन्तर्गत होलिल्याण्ड र युनाइटेडबिचको खेलमा होलिल्यण्ड, मोडर्न र डाइनामिकबिचको खेलमा डाइनामिक, आदर्श र सेन्थथोमस बिचको खेलमा आदर्श र जेनिथ र जिभिएनबिचको खेलमा जिभिएन विजयी भएका छन।

छात्र तर्फको फुटबल खेल अन्तर्गत पनि ४ खेल भएको बाँके बर्दिया हिसानका अध्यक्ष डा. अवनिन्द्र मिश्रले जानकारी दिनु भयो। जस अन्तर्गत जिभिएन र एबिसी बिछ भएको खेलमा दुबै समूह २/२ गोलले समान भएका थिए। खेलको दौरानमा पेलाण्टी पाएको जिभिएनले एबिसिलाई ३/१ गोलले हराउँदै विजयी भएको थियो।

त्यस्तै मोडर्न र गोर्खाबिच भएको खेलमा मोडर्न १/० गोलले, आदर्श र पशुपतिबिच भएको खेलमा आदर्श ३/0 गोलले र ब्राइटल्याण्ड र युनाइटेडबिच भएको खेलमा युनाइटेड ३/१ गोलले विजयी भएका थिए।

दोस्रो चरणका खेल अन्तर्गत फाल्गुन १५ गते बुधबार छात्रा र छात्र तर्फ भलिबल र छात्र तर्फको फुटबल खेल हुने पनि हिसानका सल्लाहकार गौतमले जानकारी दिनु भयो।

आयोजकका अनुसार फाल्गुन १४ गते देखि सुरु भएको पाँचौ हिसानकप १७ गते सम्म सन्चालन हुनेछ