नेपालमा नयाॅं ७ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ८२ पुग्यो

बाॅंकेमा मात्र २२ जना संक्रमीत

काठमाडौं,बैशाख,२३-नेपालमा नयाॅं सात जनामा कोरोना संक्रमण देखिएको छ।बाॅंकेको नेपालगञ्जमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् ।उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । आइतवार मात्र एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको थियो ।उनीहरु सबै गत शुक्रबार फेला परेका ५८ वर्षिय पुरुषका छिमेकी तथा उनको सम्पर्कमा आएकाहरु हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका एक सय जनाको खोजी गरी परीक्षण सुरु गरिएको हो ।

गत शुक्रबार भेटिएका संक्रमित पुरुष लकडाउनको समयमा समेत मस्जिद र मदरसामा आउजाउ गरिरहेकाले उनीबाटै संक्रमण भएको पनि खुलासा भएको छ ।यस संगै नेपालगंजमा मात्र कोरोना संक्रमीत २२ जना पुगेको छ ।