कपुरकोट गाउपालिकाको १ नम्बर वडामा पुरै माओवादी केन्द्रको जीत

शंकर के सी
सल्यान,जेठ,२-
कपुरकोट गाउपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । वडा नम्बर १ मा खसेको जम्मा ८०९ मत गनी सक्दा माओवादी केन्द्रका गाउंपालिका अध्यक्ष पदका उम्मेद्धार प्रकाश भण्डारीले ३ सय ७२ मत ल्याएका छन् भने एमालेका भिम बहादुर सेनले ३१० मत ल्याएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रकी एलिना रानाले ३ सय ८९ र एमालेका तिला बुढाले ३ सय १४ मत ल्याएकी छिन् । वडा अध्यक्ष सहित सम्पूर्ण सदस्यमा माओवादी केन्द्रले जीत हात पारेको छ । वडा अध्यक्ष माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन् ।अरु ४ वटै सदस्य पद पनि माओवादी केन्द्रले जीतेको छ ।
एमालेको तर्फबाट वडा नम्बर १ का अध्यक्षका उम्मेद्धार तेज बहादुर रानाले ३ सय ३० मत ल्याएका छन् । यस वडामा काग्रेसले माओवादीलाइ समर्थन गरेको जनाइएको छ ।उता शारदा नगरपालिकामा एमाले अगाडी देखिएको छ । एमालेका राम खड्कि ९३, काग्रेशका सुरेश अधिकारी ९२, माओवादी केन्द्रका प्रमोद श्रेष्ठ ३९, राप्रपाका मनोज प्रधानले ४७ मत लएका छन् ।
यस्तै त्रिवेणी गाउपालिकामा अध्यक्ष पदमा एमालेका लोकेन्द्र खड्का १०७, कांग्रेसका मान बहादुर डांगी ७८, मा।के अजय रोका ६१, राप्रपा मंगलु पुन २८ मत ल्याएका छन् ।उपाध्यक्षमा एमाले पबित्रा केसि ९९, कांग्रेस करुणा खड्का ९७, मा।के लिलावती बुढा ६३ मतको साथमा छन् ।