कास्कीको मादी गाउँपालिकामा एमाले विजयी

पोखरा, जेठ,२ –

कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सुरज गुरुङसहितका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेदवार गुरुङ ५५७ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४३४ र माओवादी केन्द्रका उम्मेदवारले १४ मत प्राप्त गरेका छन् ।
मादी गाउँपालिकाका अन्य पद र वडाहरुको मतगणना जारी छ । अहिलेसम्मको मतगणनामा मादीमा एमालेले अग्रता लिएको छ। गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारले ५५३, कांग्रेसले ४३३ र माओवादी केन्द्रका उम्मेदवारले १० मत प्राप्त गरेका छन् ।
त्यस्तै,गाउँपालिकाको उपप्रमुखमा एमालेको ५५१, कांग्रेसको ४३३ र माओवादी केन्द्रका उम्मेदवारले १२ मत प्राप्त गरेका छन् ।