रुकुमको १० वडा मध्ये ७ वडामा माओवादी केन्द्रको जीत

मनिष खड्का
रुकुम,जेठ,२-
मतगणना जारी रहेका रुकुमका ५ स्थानीय तहका १० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये ७ वडामा नेकपा ९माओवादी केन्द्र० र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
मुसिकोट नगरपालिकाका ३ वडामा कांग्रेस विजयी भएको हो । मुुसिकोट १, २ र ३ मा कांग्रेसको प्यानलनै विजयी भएको हो । १ मा वीरबल केसी ६ सय १८ मत सहित अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्धन्दी माओवादी केन्द्रका जंगबहादुर गिरीले ४ सय ९३ मत पाए ।
वडा नम्बर २ को अध्यक्षमा काशिराम खड्का निर्वाचित भए । खड्काले ३ सय ७२ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका नरबहादुर खड्काले २ सय २२ मत प्राप्त गरे ।
वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसबाट भीमबहादुर खड्का २ सय २८ मतका साथ निर्वाचित भए । दोस्रो स्थानमा भएका माओवादी केन्द्रका रविन्द्रविक्रम केसीले एक सय ९८ मत पाए ।
त्यस्तै, बाफिकोट गाउ‘पालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका हर्क मल्लले २ सय १८ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्धन्दी कांग्रेस, एमाले र नयाँ शक्तिका संयुक्त उम्मेदवार कर्णबहादुर मल्लले १ सय ६८ प्राप्त गरे ।
सानीभेरी गाउ‘पालिका बडा नं। १, २, ३ र ४ मा पनि माओवादीको प्यानलै विजयी भएको छ । १ को अध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भए । उनले ४ सय ४८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी कांग्रेसका खलवहादुर पुनले १ सय ७२ पाए ।
सानीभेरी गाउ‘पालिका वडा नं। २ मा माओवादी केन्द्रका धर्मबहादुर पुन निर्वाचित भए । ४ सय २८ मत प्राप्त गरेका पुनका प्रतिद्धन्दी कांग्रेसका रामबहादुर ओलीले १ सय ५३ मत पाए ।
वडा नम्बर ३ मा बिर्खबहादुर विष्टको प्यानल विजयी भएको छ । उनले ७ सय ६९ मत पाउँदा निकटतम प्रतिद्धन्दी कांग्रेसका लिलाधर खड्काले ४ सय १७ मत पाए ।
वडा नम्बर ४ मा माओवादीका नरसिंहे बुढाथोकी ४ सय ५८ मत ल्याएर अध्यक्षमा निर्वाचित भए । निकटतम प्रतिद्धन्दी कांग्रेसका अर्जुन बिकले २ सय ८७ र एमाले भिमे ओलीले ८७ मत प्राप्त गरे ।
वडा नम्बर ६ मा माओवादीका सर्वजित घर्ती अध्यक्षमा निर्वाचित भए । उनले २८८ मत प्राप्त गरे भने दोस्रोमा रहेका कांग्रेसका चन्द्रवहादुर कुशारीले १ सय २८ मत प्राप्त गरे ।
त्यस्तै, चौरजहारी नगरपालीका १४ मा पनि माओवादी केन्द्र विजयी भएको छ । उक्त वडाबाट अध्यक्षका उम्मेदवार माओवादीका अतिराम बिष्ट ६ सय ४५ मतका साथ विजयी भए ।