शितलहर र बाक्लो हुस्सु चलेपछि बाँकेको जनजीवन प्रभावित

बाँके,मंसिर २०-आईतबार देखि एक्कासी बढेको चिसोका कारण बाँकेको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले बाँकेमा घाम लाग्न सकेको छैन । आजपनि यहाँ शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले घाम नलाग्न सक्ने नुमान गरिएको छ । एक्कासी चिसो बढेपछी मानिसहरु नेपालगंज र ग्रामीण क्षेत्रमा आगो तापेर बसिरहेका छन् । चिसोबाट जेष्ठ नागरिक र वालवालीका तथा विपन्न समुदायका मानिसहरु बढि प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय बाँकेका अनुसार अहिले बाक्लो हुँस्सु लाग्ने र अहिले आकाश खुल्ने चलीरहेको छ ।कार्यालयका ईनचार्ज रिता महतोका अनुसार आईतबार नेपालगंजको अधिकंतम तापक्रम १७.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

downloadन्यूनतम तापक्रम भने १३.६ डिग्री सेल्सियस रहेको छ । यसअघि शनिबार को न्यनतम तापक्रम १२.८ र अधिकतम तापक्रम २७.५ डिग्री सेल्सियस रहेको थियो । विगतका अनुभवका आधारमा फगुनसम्म यो प्रक्रिया जारी रहने महतोको भनाई छ । नेपालगंजमा दिनभर बाक्लो हुस्सु लागेपनि सुर्खेत लगायतका पहाडी जिल्लामा भने घाम लागेको छ । बाक्लो हुस्सुका कारण आईतबार नेपालगंज बिमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएका छन् । हुस्सुका कारण नेपालगंज काठमाण्डौं सहित पहाडी र हिमाली जिल्लाका सबै उडान अवरुद्ध भएको नेपालगंज विमानस्थल कार्यालयले जनाएको छ ।