जापानमा कसरी नियन्त्रण भयो कोरोना भाईरस ?

जापान सरकारले दिएको १ लाख राहतले नागरिकको दैनिकीमा सहजता

जापान,जेठ,२७-चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) मार्चको अन्तीम चरणमा जापानको योकोहामा बन्दरगाहमा पानीजहाजबाट आएका व्यक्तीमा कोरोनाको संक्रमण देखिएको थियो।जापानमा एक्कासी धेरै कोरोना भाइरस नफैलिएता पनी विस्तारै बिस्तारै संक्रमितको संख्या तिव्र हुदै गएको थियो । अन्य मुलुकको तुलनामा यो कोरोना भाइरसको प्रकोप जापानमा त्यती फैलीन पाएको थिएन।

फाईल : तस्विर

तर यहाॅंको सरकारले हदै सम्म नियन्त्रण अपनाउदा अपनाउदै पनी पछिल्लो समय संक्रमितको संख्या उच्च हुदै गएपछि यो समाचार तयार पार्दा सम्म १७ हजार ८ सय ८५ जना संक्रमीत पुगेका छन् । उनीहरु मध्य १५ हजार ८ सय दुई जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्।अहिले सम्म जापानमा कोरोना भाईरसबाट ९ सय ३५ जनाले ज्यान गुमाईसकेका छन्,भने १ हजार १ सय ४८ जनाको उपचार फैईरहेको र उनीहरुको अवस्था सामान्य रहेको जापानका पत्रपत्रीकामा प्रकासीत भएका समाचारमा जनाईएको छ ।

अहिले जापानमा चीन र दक्षिण कोरियामा जस्तै नयाँ संक्रमणको संख्या उल्लेख्य रुपमा कमी हुॅंदै गएको छ।जापानले कोरोना भाईरस रोक्नका लागि ७ वटा प्रान्तमा आपतकालीन घोषणा गरेता पनी उसले चीनको जस्तो अभिव्यक्ति स्वतन्त्रतामा पनि रोक लगाएन न त उसले यूरोप र अमेरिकाको अर्थतन्त्रलाई नै जोखिममा पर्ने गरी भाइरस फैलिन दियो । न त कुनै दिन पुरै सवारी साधन ठप्न हुने गरि लकडाउन नै गर्यो।जापानमा भाइरसको संक्रमण यती उती भन्ने कुरालाई एकछिनको लागि बिर्सिने हो भने यो भाइरस नियन्त्रण गर्ने मुलुक मध्य जापानलाई लिन सकिन्छ ।

मार्चको सुरुवाती चरणमा जापानको योकोहामा बन्दरगाहको पानीजहाजबाट कोरोना भाइरसको संक्रमण केही मानिसमा देखिएको थियो । बिस्तारै यो संक्रमण बढ्दै गएर ४ महिना सम्ममा १७ हजार ८ सय ८५ जना पुगेको छ ।अप्रिल तिर जापानमा सबैभन्दा धेरै एकैदिन ६ सय जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको थियो । यो आँकडाले जापानमा व्यापक मात्रामा यसको महामारी फैलिन सक्ने आशंका गरिएको थियो ।

धेरैले जापानमा पनि अमेरिकाको जस्तै भयावह हुन सक्ने आकल गरेका थिए।यसको आलाव विज्ञहरुको सुझावमा जापानका प्रधानमन्त्री सिन्जो आवेले ७ वटा प्रान्तमा आपतकालीन घोषाणा गर्नुका साथै एकदमै भिडभाड हुने क्षेत्र (पाचिनको) विद्यालय  बन्द गर्न र सबैलाई सामाजीक दुरी कायम राख्न आव्हान गर्नु भएको थियो । स्मरण रहोस् जापानमा आपतकालिन घोषणा अन्य मुलकको जस्तो सवारी साधन आवत जावत ठप्पै पार्ने भने होईन यी सबै सवारी साधन नियमित रुपमै चलिनै रहेका थिए । 

त्यसपछि यसको एक साताभित्र जापानमा नयाँ संक्रमितको दैनिक संख्यामा कम हुदै गयो । अहिले विश्वभर नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । दैनिक रुपमा नै हजारौं मानिसहरु यो भाइरसबाट संक्रमित भइरहेका छन् ।यो भाइरससँगै विश्वको स्वास्थ्य स्याहार प्रणाली र अर्थतन्त्र नै समस्यामा पुगिसकेको छ।कोरोनाको प्रभाव अमेरिका, चिन, इटाली,भारत, स्पेन जस्ता अन्य देशमा  दैनिक १ सय भन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् ।तर समग्रहमा जापानमा भने दैनिक आठ जनाभन्दा बढीले ज्यान गएको छैनन् । त्यो पनी अहिले पुर्ण रुपमा घटेको छ ।

जापानले जसरी कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयासमा नागरिकले गरेको ठुलो सहयोग नै हो।जापानले संक्रमित व्यक्तीहरुसंग सम्पर्क गर्ने मानिसलाई ट्रेसिङ गर्ने पहिलो काम गरेको थियो । साथै यहाॅंका हरेक नागरिक सचेत र नियममा अडिक रहेका कारणले गर्दा पनी जापानले कोरोना नियन्त्रण गर्न सक्षम भएको हो ।

१.जापानमा कोरोनाको संकट सुरु हुनुभन्दा पहिला नै कदम चाल्नु 

जापानमा संक्रमण देखिएलगत्तै कोरोना भाइरसको परीक्षण र आवश्यक सामग्रीको उत्पादन बढाउनदै हरेक नागरिकलाई सचेत गराउने काम गरिएको थियो । कोरोना भाईरस नियन्त्रणका लागि हरेक नागरिकमा भाईरस सर्न बाट सचेत हुने विधी प्रकृयाहरुको तिव्र जनचेतना फैल्याउने काम गरेको थियो ।हरेक क्षेत्रमा सम्भावित असरलाई मध्यनजर गर्दै सूचनाका लागि हरेक ठाॅंउमा हटलाई सूचना सेवालाई विस्तार गरेको थियो ।

उच्च जोखिममा रहेका ठाॅउलाई आपतकालीन घोषणा गर्दै त्यस क्षेत्रका वासिन्दामा चेक जाचमा तिव्रता दिनुका साथै सरकारले सुरक्षाका लागि किट्स उत्पादनसँगै आपूर्तिमा जोड दिनुका साथै १ महिना सम्म म्याद रहने खालको एउटा भाईरस नियन्त्रणका लागि प्याकेटमा किट्स उत्पादन गर्यो जसले गर्दा केहि हद सम्प पनि नियन्त्रणका लागि राहत पुग्यो ।जापानले मानिसहरुको धेरै भिडभाड हुने क्षेत्रहरु क्लव हल गेम खेलिने ठाॅउ (पाचिनको) जस्ता सबै बन्द गरायो ।

२. जापान परीक्षण र सुरक्षित हुनु ।

जापानले धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अहिलेसम्म जापानले ३ लाख १६ हजार ८ सय ८५ जना मानिसलाई कोरोना भाइरसको परीक्षण गरिसकेको छ । संक्रमण देखिएका सबै जसोलाई आइसोलेट गर्दै भाइरस नियन्त्रणको प्रयास गर्‍यो । त्यसका लागि अस्पताल र क्लिनिकमा कोरोना भाइरसको परीक्षण सेवा बढायो ।

जापानका हरेक ठाॅंउमा धेरै भन्दा धेरै परीक्षण केन्द्र स्थापना गरिएको थियो।जापानमा भाइरस परीक्षणको केही घण्टामा नै त्यसको नतिजा पनि आइपुग्छ ।चेकजाॅचको कार्यलाई छिटो र छरिटो बनायो ।

३. जापानमा कोरोना पहिचान, आइसोलेसन र सर्वेक्षण ।

जापानमा कुनै पनी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि हुन्छ, स्वास्थ्यकर्मीले बिरामीसँग पछिल्लो समय सम्पर्कमा आएका मानिसको परीक्षण गर्ने मात्र होइन, आवश्यक परे उनीहरुलाई पनि आइसोलेट गर्ने काम गर्छन् । अर्थात सम्भावित सबै मानिसमा भाइरस संक्रमण भए नभएको परीक्षण गरिन्छ ।

सरकारले कुनै नयाँ संक्रमित फेला परेको खण्डमा उसको नजिकका मानिसहरुलाई यसको सूचनादिने र सुरक्षित रहन मानीसलाई आग्रह गर्ने काम गर्‍यो ।सूचना दिन र सहकार्य गर्न नागरिकलाई आग्रह गर्‍यो । त्यसका लागि आवश्यक मात्रामा सार्वजनिक सेवा केन्द्र खोल्यो । यसले पनि जापानमा कोरोना भाइरस फैलिन दिएन ।

४. जापानका नाकरिक कस्ता !

जापानमा कोरोना भाईरस फैलिदै गएपछि सरकारले यहाॅंका आफ्ना नागरिकलाई भाईरस नियन्त्रणका लागि सके सम्म घरमै बस्न आग्रह गर्यो । सरकारले एक पटक आव्हान गरेको आग्रहलाई जापानका नागरिकले सबैले पालना गरे जुन अन्य देशका नागरिकले यस देशका नागरिकबाट सिक्न अनिवार्य छ ।

यहाॅंका नागरिक आफैमा एकदमै सचेत छन् । जापानका नागरिकले नियमलाई हुबहु पालना गर्ने र गराउने गर्दछन् । यहाॅंका नागरिक निकै मिहेनती छन् । काममा विश्वास राख्ने यहाॅंका नागरिक एकले अर्कालाई बाधा पुर्याउने काम कहिल्यै गर्दैनन् ।यहाॅका नागरिक निकै शालीन र एकले अर्कालाई शिष्टचार गर्दै बोल्ने गर्दछन् । 

जापानमा समयको एकदमै महत्वपुर्ण छ । जापानका नागरिक हरेकले जुन सुकै काम गर्नलाई पहिले नै समय सुनिश्चीत गर्ने गर्दछन् ।उनीहरुसंग फाल्टु समय नै हुदैन् । यहाॅका नागरिक जुनसुकै काम पनि तोकिएकै समयमा गर्ने गर्दछन् ।यहाॅंका नागरिक आफैमा सचेत भएकाले सबैले समय संग चल्न सिकेका छन् । जुन सबै नागरिकले सिक्न जरुरी छ । 

५. जापान सरकारको राहत प्याकेज !

जापान सरकारले कोरोना भाईरस फैलिपछि नागरिकमा परेको असरलाई मध्यनजर गर्दै नागरिकका लागि निकै सर्हानीय काम गरेको छ।कोरोना भाईरसको संक्रमण तिव्र रुपमा फैलिएपछि जापानमा सबै भन्दा ठुलो असर होटल व्यवसायीहरुमा परेको छ । नागरिकको आवत जावत कम भएपछि धेरै होटल व्यवसायहरु बन्द हुन पुगे ।

जुन मर्का होटल व्यवसायीलाई पर्न गयो । केहि कम्पनीपनी बन्द हुन पुग्यो। जसका लागि सरकारले व्यवसायीका लागि छुट्टै प्याकेजमा सहुलियत अनुदान रकम दिने घोषाणा गर्यो, जसले गर्दा घाटामा गएका व्यवसायीलाई सरकारले दिने सहुलीयत रकमले ठुलो मात्रामा राहत पुगेको छ ।

जापान सरकारले अर्को सर्हानीय काम गरेको भनेको यहां जापानमा बसोबास गर्दै आएका जुन सुकै देशका नागरिकलाई बिना सर्तमा एक लाख जापानीज ऐन दिने राहत बापत अनुदान घोषणा गरेको थियो । जुन अनुदान राहत रकम अधिकांशलाई वितरण गरिसकेको छ । यस राहत रकमले अन्य देशबाट जापानमा पढ्न आएका नागरिकलाई धेरै भन्दा धेरै सहज भएको छ । यसको आलाव यहाॅंको सरकार प्रती विदेशी नागरिकले उच्च प्रसंशा गर्दै विभिन्न सामाजीक संजालका माध्यमबाट धन्यबाद ज्ञापन गरेका थिए । 

६. जापानको अहिलेको अवस्था !

जापानमा कोरोना भाईरस लगभग नियन्त्रणमा आईसके पछि दैनिकि आवत जावत बढ्दै गएको छ । जापानका ७ वटा प्रान्तमा लगाईएको आपतकालीन घोषणा पनी हटाईएको छ । यहाॅं अहिले चारै तिर मानिसहरुको भिडभाड देख्न सकिन्छ ।बन्द भएका विद्यालय, क्लव हाउस, गेम खेलिने ठाॅंउ (पाचिनको) सबै ठाॅंउहरु खुलीसकेका छन् । तर पनी यहाॅंका हरेक नागरिक कोरोना भाईरसबाट भने सचेत नै रहदै आएका छन् । समग्रहमा हेर्दा जापान कोरोना लाई जित्दै पुरानै दैनीकिमा फर्किसकेको देख्न सकिन्छ ।