प्रधानमन्त्री कप महिला भलीवल फागुन १४ देखि १८ गतेसम्म हुने

बाँके,फागुन ९-प्रधानमन्त्री कप महिला भलीवलको चौथो संस्करण यही फागुन १४ देखि १८ गतेसम्म नेपालगंजमा सञ्चालन हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले आईतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा आयोजकले सद्भावना दुत समेत घोषण गरेको थियो ।

नेपालगंज निवासी चर्चीत क्रिकेटर महेश क्षेत्रीलाई प्रधानमन्त्री कप चौथो संस्करणको सद्भावना दुत मनोनयनको प्रमाणपत्र प्रदान गरिएकोहो । सो क्रममा बोल्दै  मन्त्री सिंहले अन्तराष्ट्रिय मञ्चमा नेपालीलाई खुशी दिने माध्यम भनेको खेलकुद नै रहेको चर्चा गर्नुभयो ,कुनैपनि खेलमा नेपालले जित्दा हाम्रो राष्ट्रिय झण्डा फर्फराउँछ ।

समृद्ध समाजको मेरुदण्ड स्वास्थ्य भएको चर्चा गर्दै मन्त्री सिंहले खेलाडी नै स्वास्थ्यका सम्वाह भएको बताउनुभयो । प्रधानमन्त्रीको चौथो संस्करणमा नेपाल एपीएफ क्लब,न्यु डायमण्ड एकेडेमी (काठमाण्डौं) पश्चिमाञ्चल टिम (पोखरा)र मध्यपश्चिम टिम तथा भारतबाट दुई टिम सहभागी हुने बताईएको छ ।