खजुरा महोत्सवमा आज चर्चित गायक गोपाल नेपाल जिएम र गायिका अमृता लामिछाने आउँदै

नेपालगन्ज, फाल्गुन,५-
माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको ११ औ दिन आज पछिल्लो समयका चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम र गायिक अमृता लामिछाने आउने भएका छ।

मौसम प्रतिकुलताको चुनौतिलाई पार गर्दै ११ औ दिन सम्म आएको महोत्सवमा दर्शकको आग्रहमा आयोजक टिमले गायक जिएम र गायिका लामिछानेलाई महोत्सवमा बोलाएको हो।

गायक जिएमले आज चर्चित गीतहरु नक्कली मोरि, मारामार, पातली मैयाँ, थरुनिको माया, उल्का भो लगाएतका थुप्रै गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन। गायक जिएम पछिल्लो समयमा युवायुवतीको ढुकढुकी बनेका छन।

त्यस्तै महोत्सवमा आज गायिका लामिछानेले पनि चर्चित गीतहरु एउटा गोरु झाले , बैँशले च्याप्यो लगाएतका अन्य गीतहरु प्रस्तुत गर्ने छिन।पानीले गर्दा २ दिन स्थगित गरिएको महोत्सव मौसममा सुधार आए २ दिन थप गरिने आयोजकले जनाएको छ।