गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न

मधुपौडेल,
बाँके,फागुन,८-गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । श्री बागेश्वरी आधारभुत विद्यालय वेलासपुर १६ को आयोजना तथा जिल्ला शिक्षा कार्यलय बाके, सेभ द चिल्डे«न तथा बाके युनुस्को समन्वयमा उक्त संवाद कार्यक्रम भएको हो ।

विद्यालयमा विद्यार्थीहरुको सहभागिताको विषय तथा शिक्षाको विषयमा शिक्षक विद्यार्थी तथा विद्यालय व्यवस्थापन संघ ,स्थानिय वडानागरीक मंच, शिक्षक अभिवाक संघ तथा विद्यालय वाल क्लवको भुमिका को विषयमा संवाद गरीएको कुरा युनुस्कोका प्रतिनिधि ईश्वर विकले जनारकारी गराउनु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक सरिता खड्का , विद्यालय व्यवस्थापन संघ का अध्यक्ष मिना वर्मा , वाड नागरीक मंचका अध्यक्ष हरिबाबु घिमिरे , स्थानिय अगुवा तथा विद्यालयका सल्लाहकार शान्ति सिंह, बाड संरक्षण वाडका अध्यक्ष रामु चिडिमार ,सेभ चिल्डे«नका प्रतिनिधि फुलकुमारी चौधरी ,विद्यालय बाल क्लवका अध्यक्ष सोनी भाट लगाएको उपस्थिति रहेको थियो ।

npj education programmeकार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानध्यापक खड्काले विद्यालयमा अझै धेरै कुराको अभाव भएको भए पनि विद्यालयको शैक्षिक गुणस्तरमा विगतको तुलानामा उल्लेखीय सुधार आएको बताउनु भएको थियो । त्यसै गरी वडा बाल संरक्षण बेलासपुरका १६का अध्यक्ष रामु चिडिमारले शिक्षा तथा विद्यार्थीैलाई विद्यालय आउने बातावरणको सिर्जना गर्नमा सबैको भुमिका हुने कुरा बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार तुला अधिकारी ले गर्नु भएको थियो ।