बैजनाथ र जानकीका सामुदायिक बिद्यालयमा लैंङ्गिकता परियोजना शुरु

नेपालगञ्ज,चैत्र,४-
जिल्लाका बिद्यालयहरुमा लैङ्गिकमैत्री व्यवहार सृजना गर्न उद्देश्यले लैंङ्गिक क्षमता बिषयक अभिमुखिकरण थालिएको छ । जिल्लाको बिभिन्न गाउँपालिकाका रहेका सामुदायक बिद्यालयहरुमा लैङ्गिकमैत्री कार्यलाई व्यवहारमा ल्याइ बिद्यालयको शिक्षण वातावरणलाई थप प्रभावकारी बनाउनका लागी लैंङ्गिक क्षमता बिषयक अभिुमखिकरण थालिएको हो ।

बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा कुनै प्रकारले भेदभावको अनुभव हुन नदिन तथा उनीहरुमा सबै समान हो भन्ने भावना जागृत गराई अध्यापन कार्यलाई प्रभावकारी बनाउने आवश्यकता अनुसार अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।

नेपाल सरकार, जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा प्लान इन्टरनेशनलको सहयोग तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालले लैंङ्गिक समानता बिषयलाई सहज बनाउनक कार्यक्रम शुरु गरेको छ । जिल्लाको बैजनाथ गाउँपालिका तथा जानकी गाउँपालिकाका दश वटा सामुदायिक बिद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ ।

सोही क्रममा आइतबार देखि कोहलपुरमा लैंङ्गिक समानता बिषयमा तीन दिने अभिमुखिकरण (तालिम) आयोजना गरिएको छ । आइतबार भएको उदघाटन शत्रमा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्माको बिशेष उपस्थितिमा बैजनाथकै शिक्षा प्रमुख खिलप्रसाद ढकाल लगायतले यो कार्यक्रमले बिद्यालयबाट हुनुपर्ने सिकाईलाई थप गुणस्तरिय बनाउन सहयोग गर्ने धारणा राख्नुभयो ।

अभिमुखिरणमा सामाजिकरणमा लैङ्गिकताको भुमिका, परम्परागत लैङ्गिक अबधारणा, लैङ्गिक उत्तरदायी शैक्षिक ब्यबस्थापन, बालविकास केन्द्र तथा पुर्व प्राथमिक कक्षामा लैंङ्गिक रुपान्तरणमुलक प्रारम्भिक सामाजिकिकरण, मेरो सामाजिक अध्ययन तथा सृजनात्मक कला–लैंङ्गिक स्पान्तरणका बिषयमा प्रधानध्यापक तथा फोकल शिक्षकहरुलाई ज्ञान दिइने छ ।

यो कार्यक्रमले बालबालिकामा सहज तथा दिगो सिकाईका अवधारणको समेत बिकास गर्न मद्दत पुग्ने बिश्वास गरिएको छ । तालिममा स्याक नेपालका टिम लिडर तथा प्रशिक्षक नेत्रकला शाही, प्लानका शिकाई कार्यक्रम संयोजक संजीव जोशी, तथा लैंङ्गिक रुपान्तरण तथा समाबेशी शिक्षा परियोजनाका सहजकर्ता लक्ष्मी प्रसाद शर्माले सहजीकरण गर्नुहुने भएको छ ।