चलचित्र धनपतिको चर्चा चल्दै

विवेन,

काठमाण्डौं,असार,२२-

पशुपति प्रसाद ,टलक जंग भर्सेज टुल्के जस्ता फिल्म बाट दर्शक को मन मा ठुलै घर बनाउन पुगेका निकै चर्चित कलाकार खगेन्द्र लामिछानेको अर्को चलचित्र यति बेला प्रदर्शन को तयारीमा छ ।  

चलचित्र हो धनपति नाम नै नेपालि समाज को यथार्थ वादी एउटा सामान्य भन्दा पनि सामान्य परिवारमा जन्मेको हुर्केको मान्छेको नाम बाट बनेकाले यतिबेला चलचित्र निकै चर्चामा पनि रहेको छ चलचित्र को ट्रेलर ले देखाएको रुवाउने हसाउने अनि समाजको वास्तविक घटनाक्रमको प्रस्तुतिले गर्दा पनि चलचित्र बहुप्रतिछित बनेको छ ।

सबैले प्रतीक्षा गरिरहेको चलचित्र धनपति यहि शुक्रवार अर्थात असार २३ गते बाट नेपाल भरिका सिनेमा घरहरुमा प्रदर्शन हुने छ ।दर्शक स्रोताहरुबाट निकै नै राम्रो प्रतिकृया पाइरहेको चलचित्र धनपतिले बजार मा धनपति का नाम ले चिनिन मन छ भन्ने पशुपति को भनाइ रहेको छ । चलचित्रलाई शुभकामना हाम्रो तर्फ बाट ।

धनपती फिल्मको प्रोमो भिडीयो हेर्नुहोस् ।