तामाङको सयोजकमा जनजाति महासंघको क्युशुमा क्षत्रीय कमिटी गठन

मिलन मगर/

जापान,भदौ,९-

“सम्पूर्ण आदिबासी जनजाति ऐक हौ” भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको  क्षत्रीय कमिटी गठन भएको छ। जापानको क्युशु क्षेत्रमा बिभिन्न जातिय संगठन भएपनी आदिबासी जनजातिहरु सबै लाई एक ठाउमा गोलाबद्ध गराउने उद्देश्यले साझा संगठनको रुपमा गठन गरिएको हो ।

नेपाल आदिवासी जनजाती महासंघको साझा संगठनको रुपमा रहेको संस्था नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको संयोजकमा तामाङ संघ क्युशुका अध्यक्ष बिष्णु बहादुर तामाङको नेतृत्वमा गठन चयन गरिएको छ । 

सबै भन्दा पहिला नेपालमा २०४७ सालमा जनजाती महासंघको स्थापना भयको थियो । त्यसपछि परिमार्जित विधान २०५१ का अनुसार “जनजाति भन्नाले हिन्दू बर्णश्रम संरचनाभित्र नपर्ने नेपालका आदिवासी एवं मूल जातिहरुलाई जनाउँछ ।

”त्यस्तै गरेर २०५२ सालमा सम्पन्न “नेपालका आदिवासीहरुः स्वपहिचान र पुर्नस्थापना तिर” नेपालका आदिवासीहरुवारे राष्टिय परामर्श गोष्ठी” ले “आदिवासी र जनजाति पर्यायवाची शव्द होइनन् भन्ने निर्णय निकालेर विश्वका बिभिन्न मुलुकमा बसोबास गर्दै आएका आदिबासी जनजातीले नेपाल आदिबासी जनजाती महासंघ भनेर बिस्तार गरेको थियो।

बिहिबार क्यूसुमा गठन गरिएको कार्यसमितीको नामावली 
अध्यक्ष : बिष्णु बहादुर तामाङ
उपाध्याक्ष:सुक्राज चेम्जोङ्
कोषाध्यक्ष :धर्म महर्जन
सह -कोषाध्यक्ष :प्रेम गुरुङ
सचिब :मिलन मगर
सह- सचिब रोशन राइ
सदस्यहरुमा
सचिन नेमाङ
दिपक राना
यम लोप्चन
ज्ञान प्रसाद गुरुङ
सल्लाकार
राम कृष्ण श्रेष्ठ
हस्त लामा
सुपेन्द्र घिसिङ रहेका  छन् । उक्त गठित संगठनले आगामी दिनमा सदस्य थप्ने पनि निर्णय गरेको छ ।नेपाल आदिबासी जनजती महसंघको केन्द्रिय अध्यक्ष पासाङ शेर्पा बाट २७ गते सपत ग्रहण हुने कार्यक्रम तय भएको छ ।