युवाहरुको संस्था सामर्थ्य नेपालको मोहन्याल गाउँपालिका संयोजकमा जनक सुनार

केपि खनाल/

कैलाली,भदौ,८-

“समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको कैलाली मोहन्याल गाउँपालिका नेपाल प्रमुख मा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले सुदुरपच्चिम कैलाली मोहन्याल गाउँपालिका का सक्रिय युवा जनक सुनार लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ ।

समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई सक्रिय बनाउन यो संस्था गठन भएको जस अन्तरगत सुदुर तथा मध्यपश्चिम को सम्पुर्ण जिल्लामा गठन गर्ने जिम्मा सुनारलाई दिएको जानकारि प्राप्त भएको छ ।

त्यस्तै नवनियुक्त सुनारले आफू ले सकेसम्म बिना राजनीति अस्तक्षेप सामाजमा भैरहेको बिकृतीलाई निर्मुल पार्न सम्पुर्ण युवाहरूलाई एक जुटा बनाएर अघि बड्ने जानकारी दिनु भएको छ ।