थपिए ७६० जना कोरोना संक्रमित, संक्रमणबाट ११ जनाको मृत्यु

काठमाडौं,असोज,२३-नेपालमा विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ६ हजार १६८ ओटा पीसीआर परीक्षण गर्दा ६३६ जना र ५ हजार ८६३ ओटा एन्टिजेन परीक्षण  गर्दा १२४ जना गरी कुल ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २३२ पुगेको छ ।

त्यसैगरी ८९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल  कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ३४० जना रहेको छ ।