बालोन डी ओर अवार्डको मनोनयनका लागी ३० खेलाडीको नाम सार्वजनिक

विजेता खेल पत्रकार,राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा हुनेछ

काठमाडौं,असोज,२३- फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो ।

सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् ।

मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । विजेताको घोषणा पेरिसमा नोभेम्बर २९ मा हुनेछ ।

खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा हुनेछ ।खेलपाटीबाट

May be an image of 2 people and text that says '2021 BALLON D'OR NOMINEES Cesar Azpilicueta Nicolo Barella Karim Benzema Leonardo Bonucci Kevin De Bruyne Girogio Chiellini Cristiano Ronaldo Ruben Dias Gianluigi Donnarumma Bruno Fernandes Phil Foden Erling Haaland Jorginho Harry Kane N'Golo Kante Simon Kjaer Robert Lewandowski Romelu Lukaku Riyad Mahrez Lautaro Martinez Kylian Mbappe Lionel Messi Luka Modric Gerard Moreno Mason Mount Neymar Pedri Mo Salah Raheem Sterling Luis Suarez 人 All CCOR LIVE C LIMITLESS 30'