प्रधानमन्त्री कप महिला भलीवल नेपालगंजमा आजदेखि शुरु हुदै

बाँके,फागुन ,१४-प्रधानमन्त्री कप महिला भलीवलको चौथो संस्करण आज देखि १८ गतेसम्म नेपालगंजमा सञ्चालन हुँदैछ । प्रतीयोगिताको तयारी पुरा भएको जिल्ला भलिबल संघले जनाएको छ ।  प्रधानमन्त्री कपको चौथो संस्करणमा नेपाल एपीएफ क्लब,न्यु डायमण्ड एकेडेमि काठमाण्डौं पश्चिमाञ्चल टिम पोखरा मध्यपश्चिम टिम सहभागि रहने मध्यपश्चिम खेलकुद विकास समितिका क्षेत्रीय अध्यक्ष भीम वलीले जानकारी दिनुभएको छ ।

नेपालगंज रंगशालास्थित कभर्डहलमा म्याटमाथी यो प्रतीयोगिता सञ्चालन हुनेछ । संघसंस्थाले साझेदारी गर्दै आएका छन् । यस्तै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रायल राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग रहँदै आएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रस्पाईलीले उद्घाटन गर्ने प्रतीयोगिताका समापन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टले गर्ने क्षेत्रीय अध्यक्ष वलीले बताउनुभयो ।