निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ काँग्रस नेता पौडेल

पाल्पा,चैत,३०-
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताउनु भएको छ । नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले भन्नुभयो मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ, तर त्यो गलत हो।

मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भन्नुभयो सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको छ। संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ । पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको नेता पौडेलले बताउनु भएको छ।