अख्तियारको प्रमुखमा नवीनकुमार घिमिरेको नाम सिफारिस

काठमाडौं,भदौ,२०-

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रमुखमा नवीनकुमार घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको छ ।परिषदको आज विहान सिंहदरबारमा बसेको बैठकले अख्तियारमा घिमिरेको नाम सिफारिस गरेको हो ।

अख्तियारलगायत संवैधानिक निकायमा रिक्त अन्य पदाधिकारी नियुक्तिको सिफारिसका विषयमा परिषदको बैठक बसेको हो ।हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । उनी २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

अख्तियार गत फागुनदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि कार्यवाहकको भरमा अख्तियार सञ्चालन हुँदै आएको छ । हाल कार्यवाहकको जिम्मेवारी घिमिरेले पाउँदै आएका थिए । ईमेजखबरबाट