फोरम लोकतान्त्रिकका उपाध्यक्षसहित तीन सयले दिए राजीनामा नयां शक्त्ती नेपालमा प्रबेश

अराज सिहं बेल्बासे
कपिलवस्तु, मंसिर २० –मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री दानबहादुर चौधरीले पार्टीबाट 15356846_930135030454486_1127148220_nराजीनामा दिएका छन्।  आइतबार कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलन गरी उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरे। पत्रकार सम्मेलनमा उनले अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नीति र सिद्धान्तलाई लत्याउदै स्वेच्छाचारी ढंगले पार्टी चलाएको आरोप लगाए। उनले पार्टी अध्यक्ष गच्छदारले पार्टी एकलौटी रुपमा हाँकेको, इमान्दार तथा निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको, मधेश र मधेशी जनतासँग पटक पटक घात गरेको आरोप लगाए।

उनीसँगै पूर्व सभासद सलाउद्धिन मुसलमान, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मोहम्मद तौफिक खाँ, पूर्व केन्द्रीय सदस्य जैसराम यादव, उपाध्यक्ष गौरीशंकर थारु, सचिव काशीराम यादव, स्थानीय नेता कुञ्जविहारी चौधरी लगायत ३ सय भन्दा बढी नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएको बताएका छन्।  साथै पुर्ब मन्त्री तथा मधेशी जनाधिकार फोरम जिल्ला अध्यक्ष्य सहित बिभिन्न पाटी परित्याग गरि करिब ५०० जना नयां शक्तीमा प्रबेश गरेका छन । आप तौलिहबामा आयोजित कार्यक्रममा नया शक्ती सयोंजक बाबुराम भट्टराइले टिका माला लगाइ स्वागत गर्नु भएको थियो ।