भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग

भक्तपुर,पुस,४-

भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ ।

पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा लैजान बोक्न थालेपछि यसको चौतर्फी विरोध भएको हो । संघको चौंथो वार्षिक साधारणसभामा एम्बुलेन्सको दुरुपयोग रोक्न आग्रह गरिएको छ ।

दुरुपयोग रोक्न एम्बुलेन्स चलाउने सम्बन्धित संस्थालाई पत्राचार गरेको एम्बुलेन्स चालक संघका अध्यक्ष बुद्घकृष्णबाग श्रेष्ठले बताए । आजको कारोबारमा खबर छ ।