सर्जक बोहराको सिर्जना मार्फत मोडल थापाको जैशीलाई मुटुमा बस्न अपिल

सिर्जना बर्देवा/
ओखलढुंगा पौष ३-
पछिल्लो समयमा एक पछि अर्को सिर्जना नियमित बजारमा ल्याउन सफल सर्जक नरेश बोहराको सिर्जना सार्बजनिक भएको छ । बोहराको उत्कृष्ट सिर्जना “दुखीले पनि” केही समय अगाडी सार्बजनिक भएको हो ।

बोहराको यसै सिर्जना मार्फत चर्चित मोडल बुद्धबिर थापाले मोडल टिका जैशीलाई मुटुमा बस्न अपिल गरेका छन् । थापाले माया गर्ने जोडीहरुका लागी आखामा बसे आसुले बगाउने पिडाले मुटुमा बस्न आफ्ना प्रेमिकालाई अपिल गरेका हुन् ।

सर्जक बोहराको उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको यस गितमा चर्चिक गायक पुश्कल शर्मा र गायीका देबी घर्तिको स्वर रहेको छ भने चर्चित मोडलहरु थापा र जैशीको अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौंहानको निर्देशन रहेको यस म्युजिक भिडियो छायांकन मुकेश हुमागाई र प्रकाश खड्काको रहेको छ भने भिडियोको सम्पादन चर्चित सम्पादक मिलन बिकले गरेका छन् । बि स्टार फिल्मसले दृष्य निर्माण यस म्युजिक भिडियो तथा अडियो लाई वन वे फिल्मसले बजार व्यवस्थापन गरेको छ ।

( भिडीयो पनी हेर्नुहोला ।)