त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो

काठमाडौं,फागुन,२८-

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो  । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । मृतकको संख्या बढ्नसक्ने छ ।

यसैविच : दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।

गृहको विपत्त महाशाखाका प्रमुख सहसचिव कृष्णबहादुर राउतका अनुसार विमानमा ३३ नेपाली र ३४ जना विदेशी नागरिक सवार थिए। यस्तै ४ जना चालक दलका सदस्य रहेका थिए। विमानबाट ६ जना यात्रुको शब निकाल्न सकिएको छैन।