गणेशपुर गाबिसलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्न अन्तिम तयारी

अराज सिहं बेल्बासे
, चन्द्रौटा कपिलबस्तु,फागुन, ९-नेपाल सरकारको लक्ष्य अनुसार सन् २०१७ सम्म देशलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने सन्दर्भमा सबै जिल्लामा खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने अभियान तिब्र रुपमा अंगाडी बढीरहेको छ । कपिलबस्तुको गणेशपुर गाबिसमा पनि यो अभियान तिब्र रुपमा अंगाडि बढेको छ ।

यसै सन्दर्भमा गणेशपुर गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने उद्धेश्यका साथ गाबिस स्तरीय खाने पानि तथा सरसफाई समन्नय समितिले समय समयमा बैठक बसी यस लक्षयलाई छिट्टो भन्दा छिट्टो पुरा गर्न सशक्त रुपमा लागि परेको पाइएको छ  ।गाबिस स्तरीय खाने पानि तथा सरसफाई समन्नय समितिको बैठक बसि यहि चैत्र मसान्त सम्म गाबिसमा रहेका जम्मा ८६० घरधुरीमा सत प्रतिशत सौचालय निर्माण गरेर मात्र  खुल्ला दिशामुक्त क्षेत्र घोषणा निर्णय गरेको छ ।

केहि छिमेकी गाबिसले केहि घरधुरीमा सौचालय निर्माण गरी कागजि रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दा पुरा सौचालय निर्माण हुन नसकेको र सौचालय निर्माण भएका घर परिवारले पनि कार्यान्यन गर्न नसक्दा थप समस्या देखिएकोले गणेशपुर बासिले सत प्रतिसत सौचालय निर्माण गरेर मात्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने स्थानिय दिनेश चौधरीले बताउनु भयो ।यस गाबिसका ११ गांउका ८६० घर धुरी मध्य ५४६ घरधुरीमा सौचालय निर्माण भइसकेको छ  । त्यसैगरी २२३ घरधुरीमा सौचालय निर्माण कार्य सुरु भएको गाबिस सचिब अनिरुद्र सिंग कुर्मीले जानकारी दिनु भयो ।

बांकी रहेका ९१ घरधुरी मध्य केहि घर परिवारको आर्थीक अबस्था कमजोर भएकाले भिवास सिसिले अनुगमन गरी अबस्था अनुसार सहयोग गर्ने गाबिस सचिब अनिरुद्र सिहं कुर्मिले बताउनु भयो ।सबै घर परिवारमा सौचालय निर्माण समपन्न गरी गाबिसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने भिवाससिसिले निर्णय गरेको छ ।  बैठक गाबिस सचिब अनिरुद्र सिंह कुर्मीको अध्यक्षता समपन्न भएको थियो ।