नेपालमा एकैदिन २ सय ४६ जनाको मृत्यु, ८१ सय ७३ संक्रमित थपिए

काठमाडौं,जेठ,५-कोभिड-१९ बाट एकैदिन २ सय ४६ जनाको मृत्यु भएको छ ।

भिडीयो हेर्न तल दिएको लिंक क्लिक गर्नुहोला !!

बुधबार जारी प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार सोही समयमा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय ९ गरी ८ हजार १ सय ७३ जनामा कोभिड संक्रमण भएको छ ।जसमध्ये २ हजार ४ सय ८६ संक्रमित काठमाडौं उपत्यकामै छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार १ सय ८९ जना कोभिड संक्रमणमुक्त भएका छन् ।