सरकारद्वारा १४ देशमा राजदूत सिफारिस, को–को परे “नामावलीसहित”

काठमाडौं, फागुन ९- सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो ।

मन्त्रिपरिषदको बैठकले युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी अरेबियामा महेन्द्र सिंह र म्यानमारमा भीम उदासलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

यसैगरी, श्रीलंकामा विश्वम्भर प्याकुरेल, यमनमा शर्मिला पराजुली, दक्षिण कोरियामा अर्जुन जंगबहादुर सिंह, बंगलादेशमा चोपलाल भुसाल, स्पेनमा भरत रायमाझी र इजरायलमा निरन्जन थापालाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

सरकारले स्पेनमा दूतावास खोज्ने निर्णयसहित राजदूतसमेत नियुक्तिको सिफारिस गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएनुभयो।सरकारले सिफारिस गरेका राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।ईमेजबखरबाट