स्थानीय निर्वाचनको रणनीति बनाउँदै काँग्रेस,बैठकले पदाधिकारी नियुक्तीको विषय नछुने

काठमाडौं, चैत १३-
लामो समयपछि आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थानीय निर्वाचनको रणनीतिमा केन्द्रित हुने नेताहरुले बताएका छन्। यद्यपी निर्वाचनका लागि स्थानीय पार्टी संरचना र प्रचारप्रसार समितिहरु बनाउने औपचारिक निर्णयक बाहेक अरु के विषयमा छलफल हुन्छ भन्ने टुंगो लागिसकेको छैन।सानेपास्थित पार्टी कार्यलयमा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पदान समिति गठनको प्रस्ताव पेस गर्ने भनिएको छ।

महाधिवेशनबाट सभापति चुनिएको एक बर्ष वितिसक्दा पनि विधान बमोजिम पार्टी सञ्चालन गर्न उनी असक्षम भएको भन्दै आलोचना भइरहेका बेला देउवाले बनाउन लागेको कार्यसम्पादन समितिमा केन्द्रिय सदस्यहरु मनोनित गर्ने छन्। कांग्रेस विधानअनुसार पार्टी सभापतिले कार्यसम्पादन समितिका सदस्यहरुको नाम केन्द्रीय कार्यसमितिमा पेस गरेर अनुमोदन गरेपछि मात्र समितिले बैधता प्राप्त गर्नेछ।

‘बैठकमा पार्टीका विभागहरुको संख्या र यसको गठबनबारे पनि छलफल हुने छ’ काँग्रेस केन्द्रिय सदस्य आनन्द ढुंगाना भन्छन्, ‘स्थानीय निर्वाचनमा पार्टीको भूमिका कसरी अगाडिी बढाउने भन्नेबारे पार्टी सभापतिले बैठकमा अरु कुनै प्रस्ताव लैजान सक्नुहुन्छ।स्थानीय निकायको निर्वाचनकै तयारीका लागि घोषणापत्र निर्माण समिति र निर्वाचन परिचालन समितिको विषयमा पनि काँग्रेसले यही बैठकबाट टुंगो लगाउने छ।

‘नयाँ संरचनाका हिसावले गाउँपालिका र नगरपालिकामा पार्टीको संरचना निर्माणको कुरा उठ्ने छ’ केन्द्रिय सदस्य ढुंगाना भन्छन् ‘समकालिन राजनीतिक विषयमा पनि छलफल होस् भन्ने अपेक्षा पनि छ।काँग्रेसभित्र बहुप्रतिक्षित विषय बन्दै आइरहेको पदाधिकारी नियुक्तीको विषयमा भने यो बैठक प्रवेश गर्ने छैन। पार्टी सचिवालयका अनुसार यो बैठक मुलत निर्वाचनलाई ध्यानमा राखेर डाकिएको हो। साभार नेपाल खबरबाट