कवि अधिाकरीलाई एक कार्यक्रमका विच नगद सहित सम्मान

विरेन्द्र जैशि
बाँके,पुस ९-वरिष्ठ कवि दिनेश अधिकारिलाइ पुर्णिमा साहित्य रत्न २०७२ ले आज कोहलपुरमा सम्मान गरिएको छ । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्दै आएको एघार हजार एक सय एघार रुपैयाँँ नगद राशि सहितको उक्त सम्मान एक भव्य कार्यक्रमका बिच कवि अधिकारिलाई प्रदान गरिएको हो ।

dinesh adhikariवरिष्ठ कथाकार सनत रेग्मीको प्रमुख आथित्यता, कवि भिष्म उप्रेति र कवि एवं प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सिनाको आथित्यता एवं करिब तिन सय बढि साहित्यकार एवं साहित्य अनुरागीहरुको उपश्थिती रहेको कार्यक्रममा प्रम’ख अथिती रेग्मीले सम्मान पत्र र पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

साथै उक्त कार्यक्रममा कवि अधिकारिको एकल कविता वाचन पनि सम्पन्न भएको छ । अधिकारिले आफ्ना केहि प्रतिनिधी कविता एवं गितहरु वाचन गरेर सुनाउनु भएकोे थियो । दुई सय रुपैयाँको टिकट लिई आयोजित सभामा अधिकारिका कविताहरु वचन भइरहँदा तालीको गडगडाहट सुनिएको थियो । कार्यक्रममा सहभागीहरुले आफुले पहिले देखिनै पढ्दै आएका कविलाइ नजिकैबाट सुन्दा खुसि लागेको बताएका छन् ।

Dinesh Adhikari's by programme in kohalpurकवि अधिकारी विगत तिन दशकदेखि साहित्य साधनामा लागिरहनुभएको छ । अधिकारि पहाडमा जाडो बढे…, यो सम्झीने मन छ…., हिमालका कुरा ग¥यौँ…, सोचेजस्तो हुन्न जिवन.. जस्ता कालजयि गित एवं रचनाकार हुनुका थुप्रै वरिष्ठ कवि हुनुहुन्छ । उहाँले नेपाल सरकारको पुर्व सचिव समेत जिम्मेवारी निभाइसक्नुभएको छ ।