एमाले – माअाेवादी एकताका विषयमा सहमति जुट्न सकेन

काठमाडाै,चैत,२२-

एमाले  र माओवादी केन्द्रबीचको पार्टी एकतासम्बन्धि प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्के लगत्तै टुङगो लगाइने भएको छ ।

एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको आज बसेको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषय टुङगो लगाउने निर्णय गरेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताका लागि आवश्यक सुझाव दिन गठित दुई कार्य दलको प्रतिवेदनमाथि छलफल  गर्दै पार्टी एकतासम्बन्धि दुवै दलले आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको छ । 

दुवै कार्यदलले दिएको सुझाव अनुसार बैशाख ९ गते पार्टी एकता गर्ने गरी आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी एकताको अन्तिम गृहकार्य गर्न गठित राजनीतिक प्रतिवेदनसम्बन्धि कार्य दल र विधानसहितको सांगठनिक कार्य दलले बुझाएको प्रतिवेदनमाथि पार्टी एकता संयोजन समितिले आजबाट छलफल सुरू गरेको हो  । प्रतिवेदनमा एकीकृत पार्टीको चुनाव चिन्ह, जनयुद्धलाई स्विकार गर्ने कि नगर्ने तथा पार्टी एकता कुन अनुपातमा गर्ने भन्ने विषयमा सहमति जुटन सकेको छैन ।नेपालवाणीबाट