सर्वोच्च र उच्च अदालतको वार्षिक समिक्षा कार्यक्रम सुरु

काठमाडौ, श्रावण,१०-

काठमाडौंमा आजबाट सर्वोच्च अदालत र उच्च अदालतको वार्षिक समिक्षा सुरु भएको आर्थिक वर्ष २०७३-०७४ को वार्षिक समिक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले न्यायालयको सुधारको लागि न्यायकर्मीहरुलाई व्यक्तिगत र सामूहिक रुपमा प्रयास गर्न आह्वान गर्नु भयो ।

उहाँले भूकम्पपछि क्षतिग्रस्त न्यायालयको सुधार तथा व्यवस्थापन गर्न वार्षिक समिक्षा कार्यक्रमले सघाउ पु¥याउनेमा विश्वास व्यक्त गर्नु भयो ।प्रधानन्यायाधिश पराजुलीले न्याय सम्पादनमा चुस्तदुरुस्त बनाउन कार्यक्रम फलदायी हुने स्पष्ट पार्नु भयो ।दुई दिनसम्म चल्ने सम्मेलनमा सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधिशहरु सहभागी छन ।

सम्मेलनमा सहभागी अधिकांश न्यायाधिशहरुले भूकम्पबाट क्षतिग्रस्त कार्यालयहरुको व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन ।भूकम्पपछि क्षतिग्रस्त सर्वोच्च अदालतको भवन पुनर्निर्माणको कामले समेत गति लिन नसकेकोमा न्यायाधिशहरुले चिन्ता व्यक्त गरेका छन ।